११ दिनभित्र आफ्ना माग पुरा नभए अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने चेतावनी दिनुभएको छ । उहाँले ११ दिने अल्टिमेटम दिंदै कात्तिक ८ गतेसम्म माग पुरा नभए अनशन बस्ने चेतावनी दिनुभएको हो ।

सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राख्नुभएको छ । अनशन कहाँ बस्ने भन्नेबारे खुलाइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?