गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते अन्दाजी ३०-३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?