निरन्तर ओरालो सुनको मुल्य , आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य घटेको छ । दर्शैँ सकिएसँगै केहिदिन यता निरन्तर सुनको मुल्यमा गिरावट आइरहेको छ । आइतवार छापावाला सुनको मुल्य प्रतितोला ७० हजार १ सय रुपैयाँ रहेको थियो । तर आज तोलामा एक सयले कमि भइ प्रतितोला ७० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

साथै तेजावी सुनको मुल्यमा पनि आज एक सयले कमि आउको छ । आइतबार प्रतितोला ६९ हजार ८ सयमा कारोबार भएको थियो । भने आज ६९ हजार ७ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मुल्यमा भने केहीदिन यता स्थिरता छाएको छ । शुक्रबार तथा आइतवार जस्तै आजपनि प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?