दाङमा सामान्य विवाद हुँदा खुकुरी प्रहार, एक युवा गम्भीर घाइते

काठमाडौं । दाङमा खुकुरी प्रहार हुँदा एक युवा गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिकामा गएराति दुई युवाबीच बिवाद हुदा खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट शान्तिनगर गाउँपालिका वडा नं. ५ पहाडीपुर निवासी ३० बर्षीय प्रकाश थापा घाइते भएका छन् ।

सामान्य विवाद हुुदा स्थानीय २२ बर्षीय निम बहादुर वलीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । थापाको टाउको र बाँया कानमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप पचारका लागि कोहलपुर रेफर गरिएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने वलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?