कमला नदीको बगरमा सकेट बम फेला

काठमाडौं । कर्जनाहा-३ स्थित कमला नदीको बगरमा सकेट बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् ।

नदी किनारामा फेला परेको सकेट बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ ।

बम निस्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली त्यस तर्फ लागेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?