महराको बयान अस्पतालमै लिने तयारी

काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ ।

प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो । तर महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ ।

उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो । उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि निर्वतमान सभामुख महरा नर्भिक अस्पतालमा उपचारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?