घरमा कोही नभएको मौका छोपी १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास !

काठमाडौं । सिरहामा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो ।

साँझपख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मन्सुरीले किशोरीको घरमै पसी मुख थुनेर जबरजस्ती करणीको प्रयास गरेका थिए । ती किशोरी चिच्चाएपछि स्थानीयले थाहा पाएर किशोरीको उद्धार गरि युवकलाई प्रहरीको जिम्मा लगाएका छन् ।

बलात्कारको प्रयास गरेका मन्सुरीलाई प्रहरी हिरासतमा राखिएको छ । पीडितले दिएको उजुरीको आधारमा युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?