युरोकप छनोट : विश्वकपको उपविजेता क्रोएसियासँग वेल्सको बराबरी

एजेन्सी । युरोकप छनोटमा वेल्सले क्रोएसियासंग १-१ गोलको बराबरी खेलेको हो । खेलको ९औं मिनेटमा क्रोएसियाका निकोला वाचिकको गोलबाट खेलमा अग्रता लिएको थियो ।

बेलले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । बराबरीको नतिजापछि युरोकपमा छनोट हुने वेल्सको गणितिय सम्भावनामात्र बाँकी छ । समुह ईको खेलमा बेल्स ८ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

शीर्ष स्थानको क्रोएसिया भन्दा वेल्स ६ अंकले पछाडी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?