मेस्सी बिना अर्जेन्टिनाले गर्यो इक्वेडरको पोस्टमा आधा दर्जन गोल

एजेन्सी । मैत्रीपूण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई फराकिलो गोल अन्तरले हराएको छ । आईतबार राति भएको खेलमा अर्जेन्टिनाले ईक्वेडरलाई ६–१ गोल अन्तरले हराएको हो ।

स्टार खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको अर्जेन्टिनाले प्रभावशाली जित निकाल्न सफल रह्यो । खेलको २० औ मिनेटमा लुकास एलारियोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । २७ औ मिनेटमा जोन इस्पिनोजाको आत्मघाति गोलमा अर्जेन्टिना २-० ले अघि बढ्यो । ३२ औ मिनेटमा लिएड्रो ड्यानियलले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ३-० ले अघि बढाएका थिए । ४९ औ मिनेटमा ईक्वेडरले एक गोल फर्कायो ।

एन्जल मिराले गोल गर्दै इक्वेडरको गोल अन्तर कम गर्ने प्रयास गरेका थिए । ६६ औ मिनेटमा जर्मन पेजेलाले अर्जेन्टिनाका लागि चौथो गोल गरे । निकोलास डोमिन्मुएजले ८२ औ मिनेटमा अर्जेन्टिनालाई ५-१ ले अघि बढाए ।

८६ औ मिनेटमा लुकास ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनालाई ६-१ को जित दिलाएका थिए ।

मेस्सी अन्तराष्ट्रिय प्रतिबन्धमा परेपछि अर्जेन्टिना नियमित कप्तान बिनै मैदान उत्रदै आएको छ । मेस्सी अर्को महिनाबाट अर्जेन्टिनी फुटबलमा फर्कने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?