प्रेम, पानी र राजनीतिमा केन्द्रीत ‘छ माया छपक्कै’

काठमाडौं । अहिले प्रदर्शनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ले दर्शकदीर्घाबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । प्रतिक्रिया मात्रै राम्रो होईन चलचित्रले कमाई पनि राम्रै गरेको छ । चलचित्र निर्माणमा निकै मेहनत गरेकाले पनि अहिले मेहनतको फल पाउँदा खुसी भएको निर्माण युनिटले जनाएको छ ।

चलचित्र समिक्षक दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’मा प्रेम, पानी र राजनीतिलाई मुख्य विषयबस्तु बनाईएको छ । पानी कै लागी छिमेकी–छिमेकी गाउँबीचमा हुँने राजनीतिलाई चलचित्रले चित्रण गर्न खाजेको छ । चलचित्रले समेटेको कथा बस्तु नेपालका अधिकांश गाउँको वास्तविकता संग पनि मेल खान्छ । बर्षाैदेखी घण्टौ हिडेर पानी बाक्ने गृहिणी र विद्यार्थाीको पिँडालाई पनि चलचित्रले समेटेको छ ।

घडेरी गाउँमा पानीको खडेरी हुन्छ । तर त्यस गाउँका जनताको मत निर्वाचनको बेला निर्णायक मतका रूपमा लिइन्छ । पानी ल्याइदिने आश्वासन दिँदै पटक पटक नेताले चुनावमा विजयी हासिल गर्छन् । तर वर्षाै सम्म पनि पानी आइपुग्दैन । कर्मचारीतन्त्रको भ्रष्ट्राचार र ढिलासुस्तीलाई पनि चलचित्रले समेटेको छ । कर्मचारीले नेता र मन्त्रीका आदेश कसरी बेवास्ता गर्छन् भन्ने चलचित्रले प्रस्ट पारिएको छ ।

छिमेकी गाउँलाई पानी पनि नदिने र पानी नभएको गाउँमा छोरी नदिने अडानले चलचित्रमा निकै गम्भिरता ल्याईदिन्छ । तर दुबै गाउँका जनताले निर्माचनको समयमा नेताहरुलाई पानी र प्रेमको सवक सिकाएको विषय चलचित्रले समेटेको छ । सिरियस विषयमा दर्शकलाई हँसाउनु चलचित्रको सफलता मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?