राजा शुद्धोधनको दरबारको मुख्य भाग खोज्न चौथो पटक तिलौराकोटमा उत्खनन

कपिलवस्तु, २६ पुस । भगवान गौतमबुद्धका बाबु राजा शुद्धोधनको दरबारको मुख्य भाग फेला पार्नका लागि चौथो पटक उत्खनन गर्न सुरु भएको छ पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो । उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने उद्देश्य रहेको पुरातत्व विभागले जनाएको छ जापानी नागरिक कासाईको सहयोगमा गर्न लागिएको उत्खनन् टोलीमा विज्ञ सहभागी छन् । उत्खनन्को काम ५५ दिनभित्र सकिने बताइएको छ । तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन् गर्न लागिएको हो यसक्रममा केही महत्वपूर्ण बुद्धस्थलहरु तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिया, नवलपरासीको रामग्राममा अध्ययन र अन्वेषण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?