१७ असार २०७९, शुक्रवार

जनकपुरको सडकपेटीमा असहायहरुलाई न्यानो कम्बल वितरण गर्दै राति–राति भेटिए धुर्मुस

२०७४,पुष,२६,बुधबार ०६:१८

0
Shares

जनकपुरधाम, पुस २६ गते जाडोको मौसम छ । रातभरि टुसारो पर्छ । एकाविहानैदेखि सितलहर चल्छ । पक्की घरभित्र बाक्लो सिरक भित्र छिर्दा चिसो छल्न गाह्रो छ । तर सिताराम कट्टेल धुर्मुस तराईका सितलहर पीडितहरुका लागि काँखीमा कम्बल च्यापेर गल्ली गल्ली चहार्छन् । प्रधानमन्त्री, मन्त्री सिंह दरबारमा न्यानो हिटरमा तातो चिया खाएर गफि रहदा तिनै धुर्मुस तराईका सितलहरमा आफु कठ्यांग्रिदै सितलहर पीडितहरुलाई न्यानो बाडिरहेका छन् । मिथिलाको पावन भूमि जनकपुरमा धुर्मुस राति १० बजे कम्बल च्यापेर जनकपुरको जानकी मन्दिर परिसरमा भेटिए सितलहरको सितले धुर्मुस आफै भिजिएका थिए । तर उनलाई सबैभन्दा बढी पीडा भइरहेको थियो । जानकी मन्दिर परिसरमा कार्टुनमा लुगाफाटोको अभावमा रात विताइरहेका असहायहरुलाई देखेर । जव धुर्मुसले ती असहायलाई कम्बल ओढाए ।। न्यानो पाउने ती असहायले धुर्मुसलाई भने,‘प्रभु हाम्रो भगवान तपाई नै हो , । धुर्मुस ई शब्द सुनेर भावुक भए त्यहाँ उपस्थित सञ्चारकर्मीहरुलाई भने धुर्मुसले ,‘मरिलानु केछ र ? हामीलाई मधेशी पहाडी भनेर छुट्याउँछन् । तर हामी हिमाल , पहाड तराई मधेश जहाँ जन्मे पनि नेपाली हौं, मानव हौं । आपद विपदमा हामी सबैले एक अर्का सहायोग गरौं । मानवीय धर्म निर्वाह गरौं । ’मंगलबार राति धुर्मुसले जनकपुरका समाजिक अभियन्ता एवं पत्रकार शैलेन्द्र महतो क्रान्ति र सन्तोष सिंहको समन्वयमा जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर , जनकचोक, जानकीचोक , रामचोक, मुलरीचोक , विश्वकर्माचोक लगायतको स्थानमा फुटपाथ र सडकपेटीमा रात विताउँने मानसिक रोगी, वृद्धवृद्धा, अपांग, अनाथ लगायतका १५ जना असहायलाई न्यानो कम्बल वितरण गरेका छन् गत एक सातादेखि जनकपुरका पत्रकार क्रान्ति र सिंहको समन्वयमा फाण्डेशनले राति राति फुटपाथमा ३० जनभन्दा बढीलाई न्याने कम्बल वितरण गरिसकेको छ धुर्मुस सुन्तली फाउण्डेशनले चिसोसंगै चलेको सितलहरको बेलादेखि लगातार ११ दिनदेखि जाडौ प्रभावित तराई मधेशका बारा,रौतहट,सर्लाही, महोत्तरी,धनुषा ,सिरहा लगायतको जिल्लाको विभिन्न स्थानका दलित एवं विपन्न वस्तीमा गएर न्यानो कम्बल वितरण गर्दै आएको छ मंगलबार महोत्तरीको बथनाहामा जाडो प्रभावित २ सय दलित एवं विपन्न घरपरिवारलाई धुर्मुस आफै पुगेर न्यानो कम्बल वितरण गरि फर्केर राति जनकपुरको सडकपेटी र फुटपाथमा रात गुजार्ने असहायलाई कम्बल वितरण गरेका छन् । कम्बल वितरणमा नेपाल ईन्जिनियरिंग एसोसिएसनका उप महासचिव रविभुषण झा र पत्रकार राजकरण महतोले सघाएका थिए । राति नै धुर्मुस कम्बल बोकेर सप्ती र सुन्सरी जिल्लाका बाढीप्रभावित एवं सितलरहल पीडितहरुका लागि कम्बल बोकेर त्यसतर्फ हिडेका छन् । अहिलेसम्म तराई मधेशका सितलरहल प्रभावित २५ सय घरपरिवारलाई न्यानो कम्बल वितरण गरिसकेको र अव पूर्वका सितलरहर प्रभावित जिल्लाहरुमा पुगेर वितरण गर्ने धुर्मुसले बताएका छन् ।

प्रकाशित मिति: २०७४,पुष,२६,बुधबार ०६:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरु मापदण्ड विपरित रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङ र

उदयपुर । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा संक्रमण पुष्टि छ। योसँगै हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको

मुगु । कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हतौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँला, सेता बोरा, जाँगे वा कट्टु

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१