नियमित स्वास्थ्य परीक्षणका लागी ओली आज बैंकक जाँदै

काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्थास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाँदैछन् बुधबार दिउँसो १ बजे ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककको लागि प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए त्यस्तै, ओली पत्नी राधिका शाक्य, ओलीका प्रमुख स्वकीय सभिव राजेश ब्रजाचार्य, डा. विद्या सिंह र डा. यादव भट्ट ओलीसँगै बैंकक जाँदै छन् थाइल्यान्डको बैंककस्थित बुमरुनग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा ओलीको नियमित स्वास्थ्य परीक्षण हुनेछ गत भदौ दोस्रो साता नियमित उपचार गरी फर्केका ओली पछिल्लोसमय चुनावी व्यस्तताका कारण नियमित उपचारमा जान सकेका थिएनन् । ओली स्वास्थ्य परीक्षणपछि सोमबार स्वदेश फर्किने कार्यक्रम छ ओलीको २०६४ साल असारमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?