समता लघुवित्तको २०० प्रतिशत हकप्रद आजदेखि

काठमाडौं । समता लघुवित्त वित्तिय संस्थाले आजबाट शेयर बिक्रिको लागी आवेदन खुला गरेको छ । संस्थाले २ सय कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

भदौ ३१ गतेसम्मका शेयरधनीहरुले कम्पनीले हकप्रद शेयरमा कायम आवेदन दिन सक्ने छन् । साथै आवेदकहरुले हकप्रदमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।

कम्पनीको हाल चुक्तापूँजी रू। ६ करोड ६ लाख ७२ हजार रहेको छ । हकप्रद बाँडफाँट पछि पूँजी १८ करोड २० लाख १६ पुग्नेछ । अघिल्लो आवमा ७३ लाख ८५ हजार नाफा गरेको कम्पनीले गत आवमा २ करोड ५७ लाख ९७ हजार नाफ कमाएको छ ।

कम्पनीले गत आवमा ७९ लाख ३२ हजार खराब कर्जा संकलन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४२ दशमलव ३२ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३८ दशमलव ८७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?