चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण : के-के भयो कार्यक्रम ? (फोटोफिचर)

काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका सदस्य, सरकारका मन्त्रीहरु विमानस्थलमा पुग्नुभएको थियो ।

नेपाल र चीनबीच १८ वटा सम्झौतामा हस्ताक्षर भएको छ । साेल्टी हाेटलमा आयाेजित विशेष समाराेहकाबीच सम्झाैता पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरिएकाे हाे ।समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डाै र तातोपानी–काठमाण्डाै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।

राष्ट्रपति सी भारतको चेन्नई हुँदै नेपाल आउनुभएको हो । विमानस्थलमा राष्ट्रपतिको स्वागत, सेनाको सलामी, झाँकी, पन्चकन्याद्वारा स्वागत विभिन्न झाँकिपछि उहाँ सोल्टी होटल प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति सी र नेपालको राष्ट्रपति भण्डारीबिच शितलनिवासमा भेटबार्ता भएको थियो । त्यस्तै पुर्व प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटनु भएको थियो ।

 

नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गर्नुभएको थियो । राजकीय भोजमा सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति पनि थियो । त्यस्तै सोल्टी होटलमा आयोजित रात्रीभोजमा हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि राष्ट्रपति सी गर्नुभएको थियो ।

 

राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । बिहान ८ः३० बजेदेखि सी’ले उच्चस्तरीय भेटवार्ता सुरु गर्नुभएको थियो । वार्ता उहाँ बस्नुभएको सोल्टी होटलमै भइरहेको छ ।

 

भ्रमण सकेर राष्ट्रपति सी आजै स्वदेश फर्कनुहुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?