दशैँ लगत्तै घट्यो सुनको मुल्य: कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला सुनको मुल्य ७० हजार ४ सय रहेको थियो । भने आइतबार तोलामा ३ सयले कमि भइ प्रतितोला ७० हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मुल्य प्रतितोला ६९ हजार ८ सय रहेको छ ।

त्यस्तै चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भइकारोबार भएको साथै आइतबार पनि त्यहि मुल्य कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?