ग्रिकलाई पराजित गर्दै ईटालीको युरो कपमा स्थान पक्का

एजेन्सी । युरो कप २०२० मा ईटाली छनोट भएको छ । रोमामा भएको खेलमा ग्रिकलाई २-० गोल अन्तरले पराजित गर्दै ईटालीले युरो कपमा छनोट भएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लण्डन क्लब चेल्सीका मिडफिल्डर जोर्गिन्होले ईटालीलाई अग्रता दिलाए । जेगिन्होले ६३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ईटालीलाई अगाडी बढाएका हुन् । फेडेरिको बर्नार्डेस्कीले ७८ औ मिनेटमा गोल गर्दै ईटालीको जित सुनिश्चित गरेका थिए ।

जितसंगै ईटालीले समुह जेको खेलमा २१ अंक बटुलेको छ । उसले दोस्रो स्थानको अल्मेनियासंग ११ अंकको अग्रता लिएको छ । ग्रिकको छनोट हुने गणितिय सम्भावना बाँकी छ । तर त्यसका लागि ग्रिकको निरन्तर जितसंगै माथिल्ला टिमको खराब नतिजाको ग्रिकले कामना गर्नुपर्नेछ ।

ईटालीले समेत पहिलो हाफमा कुनैपनि गतिलो आक्रमण ग्रिकविरुद्व बुन्न सकेको थिएन ।  दोस्रो हाफको खेलमा सुधार गर्दै जोर्गिन्होले गोल गरेपछि ईटाली लयमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?