काठमाडौँ, २६ पुस – अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रा डा गोविन्द केसीमाथि आज सुनुवाई हुँदैछ सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बिहान १० पछि हुने छ प्रा डा केसीको सुनुवाइ हुने भएपछि अदालतबाट आदेश के आउँछ भन्ने निकै चासो देखिन्छ अदालतको अवहेलना ठहरिएमा एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ मंगलबार अदालतमा केसीको बयान लिने काम सम्पन्न भएपनि समय अभावका कारण आज सुनुवाइ हुन नसकेपछि आजका लागि इजलास तोकिएको थियो केसीका समर्थकहरुले उनलाई तत्काल रिहाई गर्नुपर्ने माग गर्दै आएका छन्