चिनियाँ राष्ट्रपति नेपाल ल्यान्ड हुनुअघि काठमाडौंमा जे देखियो (फोटोफिचर)

काठमाडौं । अन्य देशका विशिष्ट व्यक्ति नेपाल आउँदा सडक रातारात सफा गरिनु, सडक र आकाश जाम गरिनु, पोलपोलमा पाहुनाका तस्विर राख्नु, सडक छेउछाउ पार्क निर्माण गरिनु नेपालका लागि नौलो कुरा होइन ।

तर छिमेकी मुलुक चीन र भारतबाट आउने पहुनाको निम्ति नेपालले अलि बढी नै मिहिनेत गर्ने गरेको छ । यसैबिच चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकिय भ्रमणको पुर्वसन्ध्यामा नेपालका राष्ट्रपति विध्यादेवी भण्डारी र चीनियाँ राष्ट्रपति सीको तस्वीरहरु काठमाडौंमा विजुलीका पोलमा टासिँएको छ । सडक सफा बनाइएको छ । करिब ८ दिनमा यो सबै तयार पारिएको हो ।

भिभिआईपीको सहजता सुरक्षाको लागि काठमाडौंलाई रातारात सजिसजाउ बनाइएको छ । चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि शहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ ।

सडक किनारामा राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी सी का तस्वीर देख्न सकिन्छ । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि काठमाडौं तम्तयार छ ।

हेर्नुहोस चिनियाँ राष्ट्रपति ‘सी’को स्वागतका लागि तयार काठमाडौं लोकपथको लेन्सबाट जे देखियो :

तस्वीर : बिप्लव जमकटेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?