काठमाडौं, २६ पुस- त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यतादेखि जन्ममितिसम्म गलत रहेको दाबी गरेका छन् । अदालतको अवहेलना मुद्दामा बयान दिन सर्वोच अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेकोे इजलासमा बयान दिँदै उनले पराजुलीको शैक्षिक योग्यता र जागिर खाने उमेरका विषयमा छानबिन गर्न माग गरेका छन् अदालतको अवहलेना हुनेगरी अभिव्यक्ति नदिएको प्रस्ट पार्दै उनले बयानका अधिकांश हिस्सा प्रधानन्यायाधीश पराजुलीको कार्यक्षमता, नैतिकता र बदनियतपूर्ण आदेशमा खर्चिएका छन्, राजधानी दैनिकमा खबर छ उनले पराजुलीले उमेरसमेत सच्याएको दाबी गरेका छन् । ‘पछिल्लोपटक काठमाडौंबाट नागरिकता लिएका आधारमा उनी हालसम्म प्रधानन्यायाधीशको पदमा आसीन छन्, उनको नागरिकताको आधारमा उनी २०७४ असारमै ६५ वर्ष उमेर पुगिसकेका छन्, यस विषयमा छानबिन होस्,’ बयानका क्रममा उनले भने ६५ वर्ष उमेर पूरा भएर पनि प्रधानन्यायाधीशको पदमा बस्नु गैरकानुनी भएको उनको बयान छ । यसलाई उनले न्यायको बेचबिखन गर्नुसरह भनेका छन् । उनले आफ्ना भनाइहरू न्यायालयविरुद्ध नभई भ्रष्ट न्यायाधीशविरुद्ध भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया