यसकारण चिलाउँछ हत्केला

परम्परागत मान्यता अनुसार हत्केला चिलाउँदा पैसा आउँछ या जान्छ भन्ने मान्यता रहेको हुन्छ । प्रचलनमा दाहिने हात चिलायो भने पैसा जान्छ भन्ने भनाइ छ भने देब्रे हात चिलायो भने पैसा आउँछ भन्ने चलन छ ।

धेरैले हत्केला चिलाएको कुरालाइ आय वा व्ययसँग हेरेपनि चिकित्सकहरूले भने यसलार्इ मान्दैनन् । हत्केला चिलायो कि कसैको पैसा आउने र कसैको जाने हुन्छ भनेर मानिसहरु भन्ने गरेको हामी सुन्दछौँ । तर, हत्केला चिलाउनु पैसासँग कुनै पनि तरिकाले सम्बन्ध नहुने चिकित्सकहरु बताउँछन् । हत्केला चिलाउनु रोग नै भने होइन । रोग नभएपनि विभिन्न तत्वहको परिणाम हो तथा रोग लाग्न सक्ने संकेत हो ।

किन चिलाउँछ त हत्केला ?

कोषहरु बृद्धि

छालाको कोषहरु तीब्र बृद्धि भएमा पनि हत्केला चिलाउने गर्दछ । कोषहरु छालाको सतहमा जम्मा भएपछि यस्तो हुन्छ। छालालाई मानिसले आफैँ कन्याउँदा पनि यस्तो समस्या आउँछ ।

झिंगाको संक्रममण

झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिकामा छालाको एलर्जी हुने गर्दछ । हत्केला धेरै नै चिलायो भने मधुमेह हो कि भनेर चेकअप गर्नु पर्दछ । हत्केला चिलाउनु मधुमेहको संकेत पनि हो ।

लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न हुँदा हात हत्केला चिलाउँछ ।

खानेकुराको एलर्जी

खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी ग¥योभने त्यसको असर हत्केलामा पनि देखिन्छ । मानिसलाई फरकफरक खानेकुराले एलर्जी गर्ने गरेको हुन्छ । केही मानिसलाई अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि एलर्जी गराउछ ।

नाडी तथा हातमा हुने पिडा

नाडी तथा हातमा कुनै चोटपटक लाग्यो भने हात र औँलामा पीडा हुन्छ । जसले गर्दा हत्केला पनि चिलाउने गर्दछ । धेरै लेख्दा, टाइप गर्दा तथा हात र औँलाको बढी प्रयोग गर्दा पनि हत्केला चिलाउने गर्दछ ।

छालामा समस्या

मानिस कसैको छालामा नै समस्या छ भने पनि हत्केला चिलाउने गर्दछ । छालासम्बन्धि लाग्ने विभिन्न रोगहरुको कारण पनि हातको हत्केला चिलाउछ ।

बच्ने उपाय

हातको राम्रो सरसफाई गर्नुपर्दछ । हातमा विभिन्न किसिमका लोसन र क्रिम लगाएर हातलाई चिल्लो पार्दा हत्केला चिलाउने समस्या हट्छ । छालालाई कहिल्यै सुख्या राख्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?