मानिस निद्रामा किन बर्बराउँछन् ?

हामीमध्ये केहीलाई निद्रामा कुरा गर्ने बानी हुन्छ । राति सुतेका बेलामा यसरी बर्बराउनुलाई सोम्नीलोकी भनिन्छ ।

यो कुनै रोग होइन तर यसरी निद्रामा बर्बराउँदा तपाईंसँगै सुत्ने मानिसलाई डिस्टर्ब चाहिँ हुन्छ ।

निद्रामा बर्बराउने मानिसले निद्रामै अचम्मको व्यवहार देखाउँछ र उसले बर्बराएको प्रस्ट नबुझ्न पनि सकिन्छ । यस्ता मानिसहरू लामो समय चाहिँ बर्बराउँदैनन् । आधी मिनेट जति बर्बराएर उनीहरू चुप लाग्छन् ।

विद्यालय जाने बच्चाहरूमाथि गरिएको एक अध्ययन अनुसार तीनदेखि दश वर्षका बच्चाहरूलाई निद्रामा बर्बराउने बानी हुन्छ । तर दश प्रतिशतभन्दा कम बच्चा दिनदिनै राति बर्बराउँछन् । ठूलो हुँदै गएपछि यो समस्या समाधान हुँदै जान्छ । यसका लागि केही गरिरहनुपर्दैन ।

निद्रामा बर्बराउनुका धेरै कारण हुन सक्छन् । तपाईं धेर तनाव लिनुहुन्छ, डिप्रेसनको शिकार हुनुहुन्छ, रक्सी पिउनुहुन्छ र पर्याप्त सुत्नुहुन्न भने निद्रामा बर्बराउने समस्या आउँछ ।

तपाईंको परिवारमा कसैलाई निद्रामा कुरा गर्ने बानी छ भने तपाईंलाई पनि हुनसक्छ । यसका साथै तपाईंका
मातापितामा यो समस्या थियो भने आनुवंशिक रूपमा यो सर्न सक्छ ।

तपाईंलाई निद्रासम्बन्धी रोग छ भने पनि बर्बराउनुहुन्छ । चिकित्सकलाई देखाइहाल्नुस् ।

नडराउनुस्, यो कुनै रोग हैन । तर दिनदिनै निद्रामा बर्बराउन थालनुभयो भने चाहिँ मनोविज्ञानवेत्तासँग सम्पर्क गर्नुस् ।

मानसिक तनाव लिने र अत्यधिक सोच्ने बानी हटाउनुभयो भने पनि यो समस्या समाधान हुन्छ । मनलाई शान्त राख्नका लागि नियमित योग र ध्यान गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?