नेपाल टेलिकममार्फत दशैंमा १ करोड २८ लाख एसएमएस आदानप्रदान

काठमाडौं । दशैँ तथा अन्य खुशीयालीकाे समयमा कसैलाइ भेटेर,कसैलाइ फोन गरेर त कसैलाइ एसएमएस मार्फत शुभकामना दिइने गरिन्छ । त्यस्तै यस वर्षको दशैँमा नेपाल टेलिकम मार्फत १ करोड २८ लाख एसएमएस शुभकामना आदानप्रदान भएको पाइएको छ । अघिल्लो वर्ष १ करोड १० लाख एसएमएस शुभकामना आदानप्रदान भएको थियो। भने  २०७४को दशैंमा टेलिकमको नेटवर्कमार्फत ९१ लाख एसएमएस पठाएका थिए। सन् २०१७ देखिको तथ्यांक हेर्ने हो भने दशैंमा एसएमएस फ्लो क्रमिक रुपमा बढ्दै गएको छ।

कम्पनीको ग्राहक संख्या वृद्धि भएका कारण तीन वर्ष यता एसएमएस मार्फत शुभकामना सन्देश संख्या वृद्धि भएको कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यकाे भनाइ रहेकाे छ ।

साथै पछिल्लो समय फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ट्विटर लगायत सामाजिक संजाल प्रयोग भएपनि एसएमएस बढ्नु सकारात्मक रहेको समेत उहाँको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?