एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने

काठमाडौं, २६ पुस- एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन्। बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिएकार्यदल गठनपूर्व दुई अध्यक्षबीच वैचारिक कार्यदिशामा सहमति गर्ने निष्कर्षमा नेताहरू पुगेको पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?