सुदुरपश्चिम खप्तड गोल्डकपः भुटानको डुकस्टार पराजित

कैलाली, २५ पुस– अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खायो । रुपन्देही ११ का लागि अमर डङगोलले पहिलो हाफको २२ औँ र ३८ औ मिनेटमा गोल गरे भने मनिष थापाले दोस्रो हाफको ६९ औ मिनेटमा तेश्रो गोल गरे । भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोश्रो मिनेटमा एसी दोर्जीले गोल गरे भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको हो । गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाए खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङगोल भए । पहिलो संस्करणमा पनि सहभागी भएको डुकस्टारले त्यस वेला वेष्ट काठामण्डौलाई पहिलो खेलमा ४–१ ले हराएको थियो भने दोस्रो खेलमा डिफेन्डीङ च्याम्पीयन मनाङ मस्याङदीसँग २–० ले पराजित भएको थियो अघिल्लो संस्करणको भन्दा राम्रो टीम ल्याउँदा पनि खेलाडीहरुले यसपाली सोचे अनुसार खेल्न नसकेको डुकस्टारका प्रशिक्षक कोता नाम्भेले वताए टीम अझ राम्रो वनाएर आएका थियौं, भुटानका राष्ट्रिय खेलाडीहरु पनि क्लवमा थिए तर राम्रो खेल्न सकेन्– उनले भने– दोस्रो हाफमा निकै दवावमा राखेर खेल्दा पनि गोल गर्न सकेनौं । पेनाल्टी पनि चुकाउँदा थप समस्या आयो अग्नि रुपन्देही ११ का प्रशिक्षक दयाराम सापकोटोले टीमले सोचे अनुसारको खेल्न नसकेको वताउँदै अर्को खेलमा अझ सुधार गरेर खेल्ने वताए । हामीले सोचे अनुसारको खेल्न सकेनौ तर पनि जितमा खुशी छौं उनले भने– गोलरक्षकको गल्तीले दुई गोल खानु प¥यो । सजिलो गरी खेलेका कारणले पनि वास्तवित्रक खेल देखाउन सकेनौं । वाटरफाईनलमा अव रुपन्देही ११ बाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङ मस्र्याङग्दीसंग पुस २८ गते भिड्ने छ । भोली सेमीफाईनल प्रवेशका लागी सिएमजी संकटा र एपीएफ विच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक ओम विक्रम चन्दले जानकारी दिए । प्रतियोगितामा टिकट काटेर खेल हेर्न आउने दर्शकले दैनिक एउटा माईक्रोमाक्स क्यानसभास वान मोवाईल पाउँदै आएका छन । आज साढे १२ हजार मुल्यको सो मोवाईल डोटीको जोरायलका मकेन्द्र साउँदले पाएका छन । माघ १ गते सम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?