चिनियाँ राष्ट्रपति आउँदा विमानस्थल साढे २ घण्टा बन्द हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा साढे २ घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ। विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै दिउसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यावासायिक उडान स्थगन गर्न आदेश दिएको छ।

विमानस्थल कार्यालयले जारी गरेको सूचना अनुसार उक्त अवधिमा काठमाडौं विमानस्थलमा कुनै पनि उडा हुने छैनन्। सोहीअनुसार एयरलाइन्सहरुले उडानको तालिका हेरफेर गर्नुपर्ने छ।

त्यस्तै चिनियाँ राष्ट्रपति फर्किंदा पनि बिहान ११:२० देखि १:५० सम्म विमानस्थल बन्द हुने छ।

चिनियाँ राष्ट्रपति नेपाल रहँदासम्म उनीसँगै आउने २ जम्बो जेट जहाजका कारण अन्तर्राष्ट्रिय उडान बढी प्रभावित हुने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?