दशैँ लगत्तै घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको प्रतितोला मुल्य ७० हजार ४ सय रहेको छ । दशैँको लागी असोज १७ गतेबाट असोज २३ गतेसम्म प्रतितोला ७० हजार ९ सय कायम भइ मुल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । साथै यसैक्रममा प्रतितोला ५ सयले घटेको छ ।

त्यस्तै तेजावी सुनको मुल्य ७० हजार १ सय कायम भइ कारोबार भइरहेको र असोज १७ गतेबाट असोज २३ गतेसम्म प्रतितोला ७० हजार ६ सयमा मुल्य स्थिर भइ कारोबार भइरहेको थियो ।

त्यस्तै आज प्रतितोला चाँदीको मुल्य ८ सय ४५ रुपैयाँ रहेको छ । साथै मुल्य स्थिर हुँदा ८ सय ५० रुपैयाँ रहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?