ऐश्वर्य विद्या निकेतनले मनायो ४१ औं वार्षिकोत्सव

गगन अयडीधनगढी, २५ पुस–ऐश्वर्य विद्या निकेतनले आज आफ्नो ४१ औ वार्षिकोत्सव मनाएको छ २०६३ सालमा धनगढीमा स्थापना भएको विद्या निकेतनले क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाएको हो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौहानले अब प्रदेश सरकारले शैक्षिक संस्था ब्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए विद्यालय सञ्चालन समितिका अध्यक्ष तथा धनगढी नगर प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्याक्रमलाई सम्बोधन गर्दै शिक्ष्ाँविद् डा. हेमराज पन्तले विद्यालयले अब आधुनिक शिक्षामा जोड दिनु पर्ने सुझाब दिए उनले शिक्षामा नयाँ–नयाँ प्रणालीको विकास भैरहेकाले शिक्षामा परिवर्तन आवस्यक रहेको बताए त्यस्तै, कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दले अब नया“ प्रविधि युक्त शिक्षा आवश्यकता रहेको औंल्याए ,उनले विद्यायलयको कुशल ब्यवस्थापनले नै विद्यालयले परिणाममुखी नतिजा दिइरहेको भन्दै प्रसंशा गरे । वार्षिकोत्सवको अवसरमा पूर्व विद्यार्थी, उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी, २० वर्ष बढी सेवा गर्ने शिक्ष्ँकलगायतलाई सम्मान गरिएको छ कार्यक्रममा विद्या निकेतनका प्राचार्य धर्नदेव भट्टले विद्या निकेतनले विभिन्न आर्थिक वर्षको अनुमानित तथा भुक्तानीको विवरण समेत प्रस्त गरे वार्षिकोत्सवको अवसरमा यसअघि विभिन्न खेलकुद तथा सँँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?