समितिले किन लियो दश वटा ट्रक नियन्त्रणमा ?

काठमाडौँ, २५ पुस – आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा आज साँझ निर्माण सामग्री बोकेका दश वटा ट्रकलाई नियन्त्रणमा लिएको छ अनुगमन अधिकृत निरज घिमिरेका अनुसार केही दिन अघि सिमेन्ट र छडको मूल्यवृद्धि भएपछि विभागले निर्माण सामग्रीको कालोबजारी भएको भन्दै अनुगमन तीव्र बनाएको हो विभागले हेटौँडाबाट सिमेन्ट बोकेर काठमाडौँ आउँदै गरेको ट्रकलाई धादिङको धार्केमा नियन्त्रणमा लिएको अधिकृत घिमिरेले जानकारी दिए उनका अनुसार सिमेन्टको तौल र मूल्य तोकिएअनुसार नभए थप कारबाहीको प्रक्रिया अघि बढाइने छ चाडवाडका समयमा काठमाडौँ उपत्यकामा मात्र सीमित रही अनुगमन गरिरहेको विभागले पछिल्लो समय बजार व्यवस्थापन गर्ने क्रममा देशको विभिन्न स्थानमा गएर अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?