रेखा थापाको ‘मालिका’ युट्युबमा (भिडियो सहित)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी निर्मात्री तथा नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा सार्वजनिक भएको छ ।

चलचित्र ‘मालिका’ महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयमा केन्द्रीत रहेको छ । साथै चलचित्रमा बालविवाह र सशक्तिकरणलाई पनि कथामा समेटिएको छ ।

रेखा थापाको अभिनय र निर्देशन रहेको चलचित्रमा कमला वलिको मुख्य भूमिका रहेको छ । यो वर्षको दशैँ र तिहारको शुभकामना स्वरुप चलचित्र युट्युवमा सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?