काँग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा

काठमाडौँ, २५ पुस – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा मनोनीत भएका छन् प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?