घुस लिने नायब सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए आयोगले नायब सुब्बा गौतमलाई कैद सजायको मागदाबी गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?