यसकारण जन्मन्छ समयअगावै बच्चा

गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छसमयअगावै जन्मेमा…गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन्, जस्तै– नर्मल बच्चा २ दशमलव ५ केजीको हुन्छ भने समयअगावै जन्मिने बच्चाको तौल एब्नर्मल हुन सक्छ । त्यस्ता एब्नर्मल तौल भएको बच्चालाई बचाउनसमेत गाह्रो पर्न सक्छ समयअगावै जन्मने बच्चामा जन्डिस, हृदयाघात, ग्लुकोज र तापक्रमको कमीजस्ता समस्या हुन सक्छ । यसरी जन्मेको बच्चा भविष्यमा पनि एब्नर्मल हुन सक्छन् । समयअगावै जन्मिएका कतिपय बच्चामा मस्तिष्कको समेत समस्या देखिन्छ पाठेघरमा पानीआमाको पाठेघरमा पानीको मात्रा बढी भएको अवस्थामा छिटो बच्चा जन्मने सम्भावना हुन्छ । यदि पाठेघरमा दुई लिटरभन्दा बढी पानी जम्मा भएमा समयअगावै बच्चा जन्मन पुग्छ शिशुका कारणआमाको गर्भमा रहेको शिशु एब्नर्मल छ भने चाँडै जन्मने सम्भावना हुन्छ । शिशुमा हृदयाघातजस्ता समस्या छ भने पनि समयअगावै जन्मन सक्छ बढी शिशुकहिलेकाहीँ आमाको पेटमा दुई वा दुईभन्दा बढी पनि शिशु हुन सक्छन् । यस्तो अवस्थामा पनि आमाको गर्भबाट नौ महिनाभन्दा अगावै बच्चा जन्मन सक्छ । -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?