दुबईका शासक शेख रसिदले किने ४५ करोड रुपैयाँमा घोडा

एजेन्सी । विश्वकै उत्कृष्ट ‘रेसहर्स’ (दौडमा प्रयोग हुने घोडा) जस्लाई दुबईका शासक शेख मोहमद बिन रसिदले ४३ लाख ५६ हजार डलरमा किनेका छन् । दुबईका शासक शेख मोहमद बिन रसिद अल मक्तुम बेलायतको टाटरसाल्स अक्टोबर यार्लिङ सेलमा पुगेर उक्त घोडा खरिद गर्न सफल भएका छन् ।

ग्रुप वान विजेता बार्नी रोयको भाइ रहेको उक्त घोडामाथि अब सबैको ठूलो अपेक्षा रहनेछ ।

‘यो निकै उत्कृष्ट घोडा हो र निकै तीव्र गतिमा दौडिन सक्छ,’ शेखका प्रतिनिधिले भने, ‘यसलाई शेख मोहमदले चुनेका छन् । आज उनको लागि यो सबैभन्दा प्रिय थियो । हामीले सोचभन्दा बढी नै खर्च गर्नुपरे पनि यस्ता घोडा किन्न कहिलेकाहिँ यतिसम्म पनि गर्नैपर्छ ।’

प्रतिस्पर्धी कुलमोरले पनि यो घोडाका लागि ठूलो धनराशी खर्चन तयार देखिएपछि शेखले यति धेरै रकम खर्च गर्नुपरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?