टी-ट्वान्टी सिरिज : ओमानको सामना गर्दै नेपाल

काठमाडौं । टी-ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।

नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसंग पराजित भएको थियो । लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई भने पराजित गरेको थियो ।

सिरिजको अन्तिम खेलमा घरेलु टोलीविरुद्व अप्रत्यासीत जित निकाल्ने दाउ नेपालको हुनेछ । यता, तालिकाको शीर्ष स्थानमा रहेको घरेलु टोली ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न चाहन्छ ।

ओमानले यसअघि आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई हराएको थियो । ओमान ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?