२२ आश्विन २०७६, बुधबार १३:१८

गलत समाचार लेख्नेविरुद्द सांसद पौडेलले उजुरी दिने


प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार १३:१८

काठमाडौं । सांसद देवेन्द्र पौडेलले आफूसँग जोडिएर आएको समाचारको खण्डन गरेका छन् ।

विभिन्न अनलाइनमा लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर आफ्नो बारेमा गत समाचार प्रकाशित गरेको भन्दै पौडेलले खण्डन गरेका हुन् ।
बुधबार बिहान पौडेलले भने, ‘मलाई नियोजित रुपमा फसाउन भ्रामक समाचार प्रकाशित भएको छ । किताबकी लेखकसँग पनि मैले पनि कुरा गरेको छु, ‘किताबमा त्यस्तो लिखिएकै छैन् ।’

जनतामाझ गतल समाचार दिएर आफ्नो चरित्र हत्या नेपालका केही मिडियाले गरेको भन्दै आपत्ति जनाएका छन् । नेपालीका केही मिडियाले आफूले गर्दै नगरेको कामलाई हो भनि जनतामाझ भ्रम सृजना गरेर झुटको खेती गरेको बताएका छन् ।

नेपाली मिडियाको लोकतन्त्र रक्षाका लागि ठूलो बलिदान रहेको बताउँदै केही मिडियाले लोकतन्त्रमाथि खतराहुने गरी समाचार प्रशाशित गर्न थालेको भन्दै राज्यले त्यसलाई कडाइ गर्नुपर्ने बताए ।

‘मेरो नाम जोडेर गलत समाचार प्रकाशित भएको छ, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ, पौडेलले भने, गलत समाचार लेख्ने मिडियाविरुद्ध उजुरी दिन्छु ।’
किताबकी लेखक खिमा रिजालले किताबमा देवेन्द्र पौडेलेको कुनै पनि विषय नजोडिएको बताएकी छन् । किताबमा देवेन्द्र पौडेलको राजनीतिक सल्लाहकार भनेर लेखेपनि मिडियाहरुले राजनीतिक सल्लाहकार फालेर देवेन्द्र पौडेल उल्लेख गरेर समाचार प्रकाशित गरेकोेमा आपत्ति जनाएकी छन् ।

‘समाचार गलत छ, देवेन्द्र पौडेलको कुनै पनि विषय त्यहाँ उत्था गरिएको छैन, गलत प्रचार गर्ने मिडियालाई कारबाही हुनुपर्छ उनले भनिन् ।’

Tags: ,

प्रतिक्रिया दिनुहोस
कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले

सांसद रेशम चौंधरीलाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघको माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

काठमाडौं । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा