टी-ट्वान्टी सिरिज : नेपाललाई १ सय ४६ रनको लक्ष्य

काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिजमा आयरल्याण्डले नेपालसामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो । आयरल्याण्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए । एन्ड्री बलबीनीले ३८ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशी र करण केसीले समान एक विकेट लिएका थिए ।

सन्दीपले आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई ५ रनमा पोविलियनको बाटो देखाउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

आयरल्याण्डविरुद्दको खेलमा नेपालले टिममा मुख्य दुई परिवर्तन गरेको छ । ओपनिङमा इशान पाण्डे र आक्रमक ब्याट्सम्यान सन्दीप जोरालाई मौका दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?