२२ आश्विन २०७६, बुधबार १२:४९

कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ


प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार १२:४९

काठमाडौं । आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

पारिवारीक बिवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो। गफुर पमरियाको मृत्यु भएको थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ ।
यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस
भिटामिन ए कार्यक्रम सफलता पूर्वक सम्पन्न

काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको

विज्ञहरुद्वारा पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं । विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास हुँदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास

सुपा देउाराली ट्राभल्सको बस दिल्लीमा दुर्घटना, २ दर्जन घाईते

काठमाडौं । बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउाराली ट्राभल्स