काठमाडौँ, २५ पुस– प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । स्वास्थ्यमा समस्या भएको भन्दै केसीलाई वीरमा भर्ना गरिएको हो । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा सोमबार पक्राउ परेका केसी पहिलो रात भने महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतमा बसेका थिए उनलाई सर्वोच्चमा बयान सकिएपछि प्रहरीले वीर अस्पताल पुर्याएको हो । उनको अस्पतालको क्याबिनमा राखेर उपचार सुरु गरिएको छ केसीले आजै अदालतमा बयान दिएका थिए । उनको मुद्दामा भोलि १० बजे सुनुवाई हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया