यू-१५ साफ : नेपाल र भारत भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । तेस्रो संस्करणको यू-१५ महिला साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भारतको सामना गर्दैछ ।

भुटानको थिम्पुमा हुने च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतबीचको खेल चाम्लिङथाङ रंगशालामा नेपाली समय अनुसार २:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले नेपाली टिम बलियो रहेकाले भारतलाई चुनौती दिने बताएका छन् । नेपाली टिमकी कप्तान प्रीति राईले भारतविरुद्ध शतप्रतिशत खेल्ने बताएकी छिन् ।

भारतपछि नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसंग खेल्नेछ । प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् ।

सबै टिमले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१७ मा सुरु भएको प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?