टी-ट्वान्टी सिरिज : नेपाल र आयरल्याण्ड भिड्दै, जितको खोजमा नेपाल

काठमाडौं । ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग भिडदै छ ।

अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा बलियो टिम आयरल्याण्डको सामना गर्न लागेको हो । नेपाल र आयरल्याण्डबीचको खेल बिहान ११:१५ मा सुरु हुनेछ ।

अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डलाई हराएको थियो ।

नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । यस्तै टेष्ट राष्ट्रमाथि जित निकाल्दै नेपाल इतिहास बनाउन चाहन्छ । नेपालले हालसम्म टेष्ट राष्ट्रलाई हराउन सकेको छैन । तर, बलियो टिम आयरल्याण्डलाई पराजित गर्न नेपाललाई सजिलो भने हुने छैन ।

नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?