२२ आश्विन २०७६, बुधबार १०:२२

चितवनमा बस दुर्घटना : ३८ जना घाइते, एकको अवस्था गम्भीर


प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार १०:२२

काठमाडौं । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका-१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ ।

यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५-४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस
भिटामिन ए कार्यक्रम सफलता पूर्वक सम्पन्न

काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको

विज्ञहरुद्वारा पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं । विज्ञहरुले लेडयुक्त पेन्टको मापदण्ड पूर्ण पालना गराउन सरकारको ध्यानाकर्षण गराएका छन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास हुँदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास

सुपा देउाराली ट्राभल्सको बस दिल्लीमा दुर्घटना, २ दर्जन घाईते

काठमाडौं । बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउाराली ट्राभल्स