कपालको चाँया हटाउने घरेलु तरिका

धेरैलाई कपालमा तेल लगाउन निकै मनपर्छ । हामी तेललाई कपाल झर्नेदेखि लिएर कपालका विभिन्न समस्याहरुको समाधानका रुपमा लिने गर्छौं ।

कपाल सुख्खा भयो या तालु चिलायो भने पनि हामी कपालमा तेल लगाउने गर्छौं । यसरी कपाललाई मोइस्चुराइज (ओसिलो बनाउन) तेल लागइने गरे पनि डाक्टरहरुले भने तेलले हाम्रो टाउकोको तालुमा एउटा तह बनाउने र हाम्रो छालामा प्राकृतिक रुपमा ओसिलो बनाउनबाट रोक्ने बताउँछन् । यसले तालुमा पत्रहरु बनाउने र त्यहाँको छालामा भएका स–साना प्वालहरुलाई बन्द गरेर चाँया पार्ने बनाउँछन् ।

अझ पहिलेनै चाँया भएको कपालमा तेल लगायो भने यसले कपाल झार्ने समस्या देखापर्छ । कपालमा धेरै समयसम्म तेल राखिराख्यो भने यसले कपालको चमकलाई पनि असर गर्ने डाक्टरहरु बताउँछन् । त्यसैले चाँयाको समस्या भएका मानिसहरुले सकेसम्म तेल नलगाउनुनै बेस हुन्छ ।
चाँया हटाउने घरेलु तरिका
कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपपि हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।
एलोभेरा जेलः नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।
दहीको उपचारः कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?