किन उठ्छ रिस ?

डर, चिन्ता र डिप्रेसनका कारण मानिस बढी रिसाउने हुन्छ । बिरामी अवस्थामा पनि मानिस बढी रिसाउँछ ।
बायोलोजिकल, हेरिडिटी, वातावरणको कारण, न्युरोलोजिकल (हर्मोन)को गडबडीले मानिसमा रिस उत्पन्न हुन्छ ।

रिसाउनु समस्या पनि हो । सबै मानिसमा भावना हुन्छ । तर, स–साना कुरामा रिसाउनु, खुसी हुनु, निराश हुनु आन्तरिक दुर्बलता हो ।

बढी रिसाउने समस्या भएका मानिस सामान्य कुरामा पनि बढी रिसाउने गर्छन् । यस्ता मानिस सामान्यतया महिनाको ३–४ पटक कुनै न कुनै झमेलामा पर्ने, दुर्घटनामा पर्ने, झगडा गर्ने गर्छन् ।
यस्तो समस्या हुने मानिसमा अन्य थुप्रै शारीरिक समस्या हुने गर्छ । जस्तो कि मुटुको समस्या, प्रेसरको समस्या, मानसिक समस्या आदि ।

यस्तो समस्या भएका मानिसको परिवार र समाजसँगको सम्बन्ध त्यति सुमधुर हुँदैन । यस्ता मानिसले रिसलाई नियन्त्रण गर्न नसक्दा ठूलो दुर्घटना पनि निम्त्याउन सक्छन् । आवेगमा थुप्रै घटना घटित हुन्छन् ।

रिस उठ्ने विभिन्न कारण हुन्छन् । जसमा पारिवारिक कारण पनि एक हो । बच्चा हुर्किएको वातावरणले पनि बढी रिसाउने मानसिक समस्याको कारण बन्न सक्छ । तर, रिस व्यवस्थापनका लागि स्वयं व्यक्तिले तदारुकता देखाउनुपर्छ । स्वयंले आफूमा रिसको अनुभूति गरी यसको कारण सोच्न जरुरी हुन्छ । यस्तो समय पूर्ण चेतनामा हुने प्रयास गर्नुपर्छ । कतिले रिसको वेला होस नै गुमाउँछन् र विभिन्न दुर्घटनाका लागि उद्यत हुन्छन् ।

रिसको मुख्य औषधि भनेकै आफूलाई कन्ट्रोलमा राख्नु हो । जुन व्यक्ति वा घटनाबाट रिस उठेको हो, ऊबाटै टाढा रहनु बुद्धिमता हुन्छ । मनलाई सधैँ शान्त राख्ने प्रयास गर्नुपर्छ । यसो गर्दा पनि रिस कम नभएको अवस्थामा एंगर म्यानेजमेन्ट तालिम लिनुपर्ने हुन्छ ।

साइकोलोजिस्टहरूले अत्यधिक रिस कन्ट्रोलका लागि भिन्न थेरापी गराउँछन् । अवस्थाअनुसार औषधिको पनि प्रयोग गर्नुपर्ने हुन सक्छ । बढी रिस उठ्नु एक प्रकारको मानसिक समस्या हो त्यसैले यसको उपचार गरेपछि समस्याको समाधान गर्न सकिन्छ ।

बढी रिस भएको मानिसका लागि औषधिका माध्यमबाट पनि उपचार गर्न सकिन्छ । रिसको समाधान औषधिको प्रयोग र थेरापीबाट गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?