काठमाडौं, २५ पुस– सोमबार अनसनस्थलबाटै पक्राउ परेर सर्वोच्चमा हाजिर गराइएका डाक्टर गोविन्द केसीले इजलासमै बयान दिएका छन् बयानका क्रममा उनले अदालतको नभई न्यायाधीश गोपाल पराजुलीको भ्रष्ट प्रवृतिकोमात्रै विरोध गरेको बताएका छन् उनले पराजुलीले दुईटा नागरिकता राखेको, उमेर सच्याएर जागिर खाएकोलगायत आरोपलगाउँदै उनीमाथि नै महाभियोग लगाइनुपर्ने बताए अधिवक्ता सुरेन्द्र भण्डारीले पराजुली अयोग्य मान्छे भएकाले उनलाई नै महाभियोग लगाइनुपर्ने केसीले बयान दिएको बताए केसीको मुद्दामा बयानपछि बहस हुनेछ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा अवहेलना मुद्दा परेको छ उनको मुद्दाबारे कस्तो फैसला आउँछ त्यसप्रति धेरेको चासो देखिएको छ। अहिले अदालत परिसरमा केसीका समर्थकहरुको भीडभाड समेत देखिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।