रातो टिका निधारमा (फोटो फिचर)

काठमाडौं । आज दशैँको टीकाको दिन । अर्थात विजया दशमीको दिन आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद ग्रहण गरिरहेका छन ।

रातो टिका निधारमा टलक्क टल्किरहेको छ ।

२०७६ सालको बिजयादशमीमा मान्यजनहरूबाट टीका थापेर र आफन्तसँग हार्दिकता साटासाट गरेर यो पर्व मनाइएको छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा-आराधना गरिएको टीका, जमरा र प्रसाद आफूभन्दा ठुलाहरूको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।

आफुभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा मानिसलाइ सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास गरिदै आएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दसैंलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

तस्वीर : बिप्लव जमकटेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?