सुख्खा खोकीले सतायो ? यसरी छुटकारा पाउनुस्

नेपालमा जाडो माैसम सुरु हुनै लागेकेा छ । याे समयमा सुख्खा खोकीले धेरैलाई सताउने गर्छ । यदी तपाई राती धेरै खोकिरहनु भएको छ भने त्यसका लागि तत्कालै घरमै हुनसक्ने समाधानहरु पनि छन् । निम्न उपाय अपनाउँदा तपाईको खोकी बन्द हुनसक्छ :
नुनपानीमा अदुवा मिसाउनुहोस्
एक कप पानीमा केही नुन र अदुवा मिसाएर पिउनुहोस् । तत्कालै केही सराकात्मक अनुभव गर्नुहुनेछ ।
मह खानुहोस्
रातभर खोकी लाग्यो भने महको सेवन गर्नुहोस् । महले तपाईको खोकी बन्द गराउँछ ।
अदुवा हालेर चिया पिउनुहोस्
राती खाटमा पल्टनुअघि अदुवा मिसाएर तातो चिया खानुहोस् । यसले पनि खोकी कम हुन्छ ।
टाउको माथि राख्नुहोस्
तपाईले आराम गर्दा टाउकोलाई माथि ठाडो बनाएर आराम गर्नुहोस् । यसरी केही समय शिर ठाडो गरेर बस्दा खोकी कम हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?