डा.केसी पक्राउको विरोधमा नेवि संघद्वारा विरोध प्रदर्शन

काठमाडौं, २५ पुस । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा प्रर्दशन गरेको छ नेवि संघले मंगलबार दिउँसो माइतीघर चोकमा विरोध प्रदर्शन गरेको हो । उसले केसी निष्ठा र इमान्दारिताका प्रतिमूर्ति भएको भन्दै बिनासर्त रिहाई गर्न माग गरेको छ केसीलाई सोमबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै गिरफ्तार गरेको थियो केसीको गिरफ्तारीका विरुद्ध मंगलबार बिहानै माइतीघरमा प्रदर्शन भएको छ भने विभिन्न क्षेत्रबाट केसी पक्राउको विरोध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?