२० आश्विन २०७६, सोमबार ०९:३७

काउकुती लगाएपछि किन हाँसो उठ्छ ?


प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार ०९:३७

बच्चाहरूलाई हँसाउनका लागि प्रायः काउकुती लगाइने गरिन्छ । अनि उनीहरू खुलेर हाँस्छन् । बच्चालाई मात्र नभई ठूला मान्छेलाई पनि शरीरका निश्चित अंगमा काउकुती लगाउँदा हाँसउठ्छ ।

तर किन काउकुती लाग्छ र लागेपछि किन हाँसउठ्छ कहिल्यै विचार गर्नुभएको छ ?

खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ । अनि कसैले हाम्रो छालालाई छुँदा त्यसको सन्देश हाम्रो मस्तिष्कमा पुग्छ र उसले यो स्पर्शको विश्लेषण गर्छ ।

वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला ।

काउकुती दुईथरीका हुन्छन् : निसमेसिस र गार्गालेसिस । निसमेसिसमा शरीरमा हलुका स्पर्श हुँदा पनि छालाले मस्तिष्कलाई तत्कालै सन्देश पु–याउँछ । गार्गालेसिसमा चाहिँ पेट, कोखा र गलामा औंलाले छुँदा काउकुती लागेर हाँसो छुट्छ ।

वैज्ञानिकहरूका अनुसार काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गरिदिन्छ । कुनै व्यक्ति एकदमै रिसाएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन ।

यसको उल्टो हामीले अर्को व्यक्तिलाई काउकुती लगाउँदा हामीमा कुनै पनि भय रहँदैन र हाम्रो दिमागको अन्य भागबाट प्राप्त संवेदात्मक संकेत नियन्त्रणमा रहन्छ । यसले गर्दा हामीलाई आफैंलाई काउकुती लगाउँदा हाँसो नउठेको हो ।

प्रतिक्रिया दिनुहोस
अनेकौं रोग भगाउन खाली पेटमा कागतीपानी

काठमाडौं- कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको

तपाइको लागि कात्तिक महिना कति शुभ कति अशुभ ? हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल कात्तिक महिनाको १ गते शुक्रबार । तपाइको

अस्पताल गएर प्रसूति गराउने बढ्दै

दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

कुन बार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

काठमाडौं । मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ