तपाईँले कमाएको पैसा बच्दैन भने याे हुनसक्छ कारण

तपाईको कुण्डलीमा कालसर्प योग छ या छैन भन्ने थाहा कुण्डलीमा ग्रहको स्थिति हेरेर पत्ता लाग्दछ तर कहिँलेकाँही जन्म, समय र तिथिको सही ज्ञान नभएर कुण्डली गलत हुन सक्छ यस्तो अवस्थामा कालसर्प योग छ या छैन भन्ने थाहा पाउँनको लागि केही विशेष लक्षणबाट पत्ता लगाउन सकिन्छ ।

१ आर्थिक मन्दी (धनको कमी), विना कारण तनाव, उदासी, चिन्ता, हीनभावना, आत्महत्या गर्ने विचार आउनु, घरमा कल हुन इत्यादि ।

२ दिमागमा बार–बार एउटै कुरा खेल्नु, काममा अवरोध हुनु, कुनै पनि काममा मन नलाग्नु ।

३. पेटको बिरामी, पेट दुख्नु, नशाको आदत पर्नु, निद्रा नलाग्नु, मिर्गी रोग, भोग नलाग्नु जस्तो रोगबाट सधैं पीडित रहनु, क्षणिक उत्तेजना हुनु पनि कालशर्प योगको लक्षण हो ।

४ एकाग्रता तथा आत्मविश्वासको कमी, बालबच्चाको चिन्ता बढ्नु, विवाहलगायत शुभकायर्ममा अवरोध हुनु, पढाइमा मन नलाग्नु ।

५. पति–पत्नीको बीचमा कलह उत्पन्न हुनु, पुरुषार्थमा कमी आउनु, नपुंसकता, जमीन सम्बन्धी विवाद, मुद्दासम्बन्धी झमेला बढ्नु, विनाकाम समय ववार्द हुनुलगायत माथि उल्लेखित लक्षण देखिन्छन् भने कालसर्प को शान्ति गराउनु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?